काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

शालीनदी मेलाको पहिलो दिन भक्तजनहरुको उल्लेख्य सहभागिता

2K
shares

काठमाडौं । काठमाडौं साँखुस्थित शालीनदीमा स्वस्थानी व्रत कथा तथा माधवनारायणको मेलाको पहिलो दिन शनिबार भक्तजनहरुको बाक्लो उपस्थिति देखिएको छ ।
शनिवारबाट सुरु भएको शालीनदी मेलामा महिला–पुरुष, युवादेखि वृद्धसम्मका भक्तजन मन्दिर परिसरमा उपस्थित पूजा–अर्चना तथा स्नान गरिरहेका छन् ।

प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघस्नान ठूलो संख्यामा भक्तजनहरु आउने गर्छन ।

शालीनदी स्वस्थानी व्रत कथा र माधवनारायण मेला साँखु तथा आसपासका स्थानीय समुदायका लागि मात्र नभई देशका विभिन्न भागबाट आउने भक्तजनका लागि पनि महत्वपूर्ण धार्मिक अवसर मानिन्छ । व्रतको अवधिभर भक्तजनले कथा सुनेर आर्शिवाद लिने परम्परा चलिआएको छ ।