दुर्गा प्रसाईँलाई प्रधानमन्त्रीको निम्तो
वि.सं.२०८२ मंसिर १६ मंगलवार १४:२२
shares

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले राजसंस्था पुनःस्थापनाको वकालत गर्दै आएका विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई वार्तामा बोलाएको छ । उनलाई वार्तामा आउन आग्रह गर्दै कार्यालयले पत्र पठाएको हो ।
आफ्नो माग पुरा नभएमा फागुन २१ गते निर्वाचन हुन नदिने घोषणा गरेका प्रसाईँसँग सोही सन्दर्भमा छलफल गर्न लागिएको कार्यालय स्रोतले बताएको छ ।
गृहमन्त्री ओमप्रकाश अर्यालले गत मंसिर १२ गते प्रसाईँसँग सिंहदरबारमा छलफल गरेका थिए ।

























