global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ यान्त्रिकरणतर्फ आकर्षित हुँदै गोरखाका किसान

यान्त्रिकरणतर्फ आकर्षित हुँदै गोरखाका किसान

यान्त्रिकरणतर्फ आकर्षित हुँदै गोरखाका किसान

गोरखा । केही वर्षदेखि यहाँका किसानहरु यान्त्रिकरणतर्फ आकर्षित भएका छन् । गाउँ–बस्तीका किसानहरुले खेती गर्न ट्रयाक्टर तथा थ्रेसर प्रयोग गर्न थालेका छन् ।

उत्तरी गोरखाको हिमाली भेगमा पनि गहुँ, जौ, करु, फापर काट्न मेसिनकै प्रयोग गर्ने प्रचलन बढिरहेको किसानहरु बताउँछन् । तल्लो भेगको टार तथा फाँटहरुमा थ्रेसरको प्रयोग बढ्न थालेपछि दयँरे र गोरुको प्रयोग गरेर परम्परागत दाइँ गर्ने चलन प्रायः हटिसकेको स्थानीयवासीको भनाइ छ ।

परम्परागत दाइँ गर्न युवा जनशक्तिको अभाव रहेकाले थ्रेसर लोकप्रियता बढिरहेको पालुङ्टार ९ का महेन्द्र श्रेष्ठ बताउँछन् । उनका अनुसार युवा जनशक्ति विदेशिएपछि मेसिनले गर्ने दाइँमा दयँरे महिला हुने गरेका छन् ।

“एक महिनायता हाम्रो फाँटमा मात्र सात वटा मेसिनलाई भ्याइनभ्याइ छ । एकै दिनमा एउटा मेसिनले चार, पाँच जनाको दाइँ गर्दा अझै माग धान्न गाह्रो छ”, उनले भने, “पुरुषहरु त गाउँमा कमै छन् । त्यसैले घान हाल्ने र खन्याउने ठाउँमाचाहिँ पुरुष हुन्छन् । अरु काममा प्रायः महिलै हुन्छन् ।”

हिमालपारिको चुम उपत्यकामा तिब्बतबाट उपकरण ल्याएर फापर, गहुँ, जौ काट्ने गरेको चुमनुब्री गाउँपालिका–७ छेकम्पारका पूर्ववडाध्यक्ष पासाङ फुञ्जो लामा बताउँछन् । विगत पाँच वर्षदेखि मेसिनको प्रयोग गरेर बारी जोत्ने, बाली काट्ने, कुट्ने गर्न थालेको उनको भनाइ छ ।

कृषि ज्ञान केन्द्रको तथ्याङ्कले कृषिमा यान्त्रिकरण वृद्धि भइरहेको देखाउँछ । हाल गोरखामा ७० प्रतिशत दाइँ सकिएको छ । जसमध्ये प्रायःतल्लो भेगको समथर फाँटहरुमा थ्रेसरको प्रयोग भएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी सुमन भट्टराईले बताए ।

कृषिमा यान्त्रिकरणबाट करिब १५ प्रतिशत लागत ९खर्च० कम हुने सूचना अधिकारी भट्टराईको भनाइ छ । उनी अनुसार कम खर्च र सजिलोका लागि कृषिमा यान्त्रिकरणको परम्परा बढेको हो ।

प्रकाशित समय : ०४:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु