global ime bank Long Banner Ad

गृहपृष्ठ राप्रपाका सबै तहका समितिको म्याद ६ महिना थप

राप्रपाका सबै तहका समितिको म्याद ६ महिना थप

राप्रपाका सबै तहका समितिको म्याद ६ महिना थप

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले सबै तहका समितिहरूको म्याद ६ महिना थप गर्ने निर्णय गरेको छ ।

बिहीबार काठमाडौंमा बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठकले निर्वाचनका कारण पार्टीको महाधिवेशन तत्काल गर्न सम्भव नभएकाले सबै तहका समितिका सदस्यहरू र परिषद् सदस्यहरूको म्याद ६ महिना थप गर्ने निर्णय गरेको हो ।

बैठकले निर्वाचनपछि महाधिवेशन गर्ने गरी कार्यतालिका तयार गरी आगामी बैठकमा पेस गर्न पार्टीका उपाध्यक्ष हेमजंग गुरुङ, महामन्त्री डा. धवल शम्शेर राणा र सहमहामन्त्री प्रकाश रिमाल रहने गरि समिति गठन गरेको छ भने निर्वाचन र पार्टीको महाधिवेशनलाई मध्यनजर गर्दै हाल प्रक्रियामा रहेको पार्टीभित्रको कारबाहीको प्रक्रियालाई स्थगन गर्ने निर्णय गरेको राप्रपा प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिएका छन् ।

प्रकाशित समय : १९:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु