गृहपृष्ठ बागलुङस्थित रक्तसञ्चार केन्द्रको स्तरोन्नति
बागलुङस्थित रक्तसञ्चार केन्द्रको स्तरोन्नति
लामो समयको प्रयासपछि बागलुङस्थित रक्तसञ्चार केन्द्रको प्रयोगशालामा सेतो रगत (प्लेटलेट्सरप्लाज्मा) उत्पादन गर्ने उपकरण भित्राइएको छ ।
धौलागिरि प्रादेशिक अस्पताल अगाडि रहेको रक्तसञ्चार केन्द्रमा सेतो रगत निर्माण गर्ने उपकरणको अभावमा अन्य केही उपकरणसमेत प्रयोगविहीन भएका थिए । सोही कारणले बिरामीलाई पोखरा पठाउनुपर्ने बाध्यता थियो ।
आगामी एक महिनाभित्र सेवा प्रदान गर्नेगरी सेतो रगत उत्पादन गर्ने उपकरण भित्राइएको जिल्लास्थित नेपाल रेडक्रस सोसाइटीका सभापति जगन्नाथ आचार्यले जानकारी दिए ।
प्रकाशित समय : १९:५८ बजे



















