global ime bank Long Banner Ad

गृहपृष्ठ सिन्धुलीमा कजारियाको शोरुम सञ्चालनमा

सिन्धुलीमा कजारियाको शोरुम सञ्चालनमा

सिन्धुलीमा कजारियाको शोरुम सञ्चालनमा

टायल ब्रान्ड कजारियाले सिन्धुलीमा आफ्नो शोरुम सञ्चालनमा ल्याएको छ। कमलामाई नगरपालिका–६ सिन्धुलीको आदर्शनगरमा कजारियाले शोरुम सञ्चालनमा ल्याएको हो।

साह आइरन एन्ड इलेक्ट्रोनिक्स स्टोर्सले सञ्चालनमा ल्याएको यो शोरुमले सिन्धुली जिल्लामा बढ्दो मागलाई लक्षित गर्दै उच्च गुणस्तरका टायल उपलब्ध गराउने उद्देश्य लिएको छ।

उद्घाटन समारोहमा साह आइरन एन्ड इलेक्ट्रोनिक्स स्टोर्सका सञ्चालक कारिराम साह, स्थानीयलगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा कजारियका नेपाल प्रबन्धक अभियश तिवारीलेसमेत सहभागिता जनाउँदै शोरुम उद्घाटन गरेका थिए।

सिन्धुलीको आदर्शनगरमा सञ्चालनमा ल्याइएको यो शोरुममा कजारियाका प्रिमियम टायलहरू उपलब्ध हुने कम्पनीले जनाएको छ।

प्रकाशित समय : १९:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु