global ime bank Long Banner Ad

गृहपृष्ठ प्रिमियर स्कुलका विद्यार्थीको ‘अन्वेषण २०२५’ सम्पन्न

प्रिमियर स्कुलका विद्यार्थीको ‘अन्वेषण २०२५’ सम्पन्न

प्रिमियर स्कुलका विद्यार्थीको ‘अन्वेषण २०२५’ सम्पन्न

प्रिमियर इन्टरनेसनल स्कुलमा ‘अन्वेषण २०२५’ सम्पन्न भएको छ । विज्ञान–प्रविधि प्रदर्शनीमा कक्षा ६ देखि ९ का विद्यार्थीहरूले तयार पारेका ३५ भन्दा बढी परियोजनामा सिर्जनात्मकता र प्रविधि–सीपको प्रदर्शनी गरिएको थियो ।

साधारण तथा जटिल मेसिन, ऊर्जा रूपान्तरण तथा प्रणाली सम्बन्धी अनुसन्धान लगायतका प्रदर्शनीले विद्यार्थीलाई आलोचनात्मक सोच, उद्देश्यपूर्ण डिजाइन र वास्तविक समस्या समाधानतर्फ बाटो देखाएको स्कुलले जनाएको छ ।

विद्यार्थीहरूले स्वचालित प्रणालीदेखि दिगो प्रविधिसम्मका थुप्रै नमुना प्रस्तुत गरेका थिए । स्वचालित पानी झार्ने यन्त्र, हाइड्रोलिक ब्रेक प्रणाली, हातका इशाराले चल्ने कृत्रिम हात, आपतकालीन अवस्थामा टाढाबाट चलाइने सानो सवारी, स्मार्ट सडकबत्ती तथा नवीकरणीय ऊर्जाका नमुना प्रदर्शनीमा राखिएका थिए ।

प्रकाशित समय : १४:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु