global ime bank Long Banner Ad

गृहपृष्ठ यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायको पहिलो दलका प्रतिनिधिहरु सनाखतका लागि आयोगमा

यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायको पहिलो दलका प्रतिनिधिहरु सनाखतका लागि आयोगमा

यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायको पहिलो दलका प्रतिनिधिहरु सनाखतका लागि आयोगमा

काठमाडौं । यौनिक तथा लैङ्गिक अल्पसंख्यकको पहिलो दल ‘समावेशी समाजवादी पार्टी’का प्रतिनिधिहरु सनाखतका लागि निर्वाचन आयोग पुगेका छन् ।

नुमा लिम्बूको अध्यक्षतामा समावेशी समाजवादी पार्टीले आयोगमा यसअघि नै निवेदन दिएको थियो । ‘दल दर्ताका लागि दिएको निवेदनपछि सनाखतका लागि हामी निर्वाचन आयोग आएका हौं, संभवत आज(मंगलबार)नै प्रमाणपत्र पाउने अपेक्षा गरेका छौं,’ उक्त पार्टीका संरक्षक सुनिलबाबु पन्तले भने ।

आगामी फागुन २१ गते हुने निर्वाचनमा भाग लिनको लागि समावेशी समाजवादी पार्टीले निर्वाचन आयोगबाट प्रमाणपत्र लिन चाहेको पनि पन्तले जानकारी दिए ।

यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायकी नुमा लिम्बुको अध्यक्षतामा गठित पार्टीमा २१ सदस्यीय केन्द्रीय समिति रहेको छ ।

प्रकाशित समय : १४:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु