global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ लण्डनबाट सुरु भयो सलोनको ‘बिक्रम’को छायाकंन

लण्डनबाट सुरु भयो सलोनको ‘बिक्रम’को छायाकंन

लण्डनबाट सुरु भयो सलोनको ‘बिक्रम’को छायाकंन

लण्डन । बिक्रम जोशीको निर्देशनमा निर्माण हुन लागेको नयाँ नेपाली फिल्म ‘बिक्रम’को छायांकन लन्डनबाट सुरु भएको छ।

फिल्म महारानी प्रोडक्सन युके, फिल्म फ्याक्ट्री युके र संस्कृति क्रिएशन्स नेपालको संयुक्त ब्यानरमा निर्माण हुन लागेको हो। फिल्मकि निर्माता हिरल जोशी रहेकी छिन् । फिल्मका एसोसिएट निर्देशकमा सुरेश न्यौपाने रहेका छन् । ‘संस्कृति क्रिएशन्स नेपाल’ न्यौपानेको कम्पनी हो ।

अभिनेता सलोन बस्नेत र निर्देशक बिक्रम जोशीका अलवा विदेशी कलाकार नादेशि हप्किन्सको फिल्ममा मुख्य भुमिका रहनेछ । सागर प्याकुरेलको लेखन रहेको फिल्ममा सौरभ लामाको डिओपी र ईश्वर सिन्केमानाको छायांकन रहनेछ । फिल्मका प्रोडक्सन म्यानेजर रबिन भारती हुन् ।

निर्माण पक्षका अनुसार फिल्मको ९० प्रतिशत छायांकन बेलायतमा र बाँकी १० प्रतिशत छायाँकन नेपालमा गरिनेछ। केही समयअघि निर्माण टिमले फिल्मको फस्टलुक पोस्टर सार्वजनिक गरेको थियो।

सार्वजनिक पोस्टरमा कलाकारको लुक्स हेर्दा फिल्म बक्सिङ खेल वा एक्सन विधामा आधारित रहेर निर्माण हुन लागेको अनुमान लगाउन सकिन्छ ।

प्रकाशित समय : १३:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु