global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ सिंहदरबार छिर्ने प्रयास गरेका जेनजी समूहलाई प्रहरीले लखेट्यो (भिडियो सहित)

सिंहदरबार छिर्ने प्रयास गरेका जेनजी समूहलाई प्रहरीले लखेट्यो (भिडियो सहित)

सिंहदरबार छिर्ने प्रयास गरेका जेनजी समूहलाई प्रहरीले लखेट्यो (भिडियो सहित)

काठमाडौं । सिंहदरबार छिर्ने प्रयास गरेका एक जेनजी समूहलाई प्रहरीले रोकेको छ ।

मंगलबार मिराज ढुंगाना समूहका जेनजीहरु सिंहदरबार प्रवेश गर्न खोजपछि उनीहरुलाई प्रहरीले त्यहाँबाट हटाएको हो ।

निषेधित क्षेत्र प्रवेश गर्न खोजेका कारण प्रहरीले उनीहरुलाई अनामनगरको भाटभटेनीसम्म हटाएको थियो ।

हिजो सोमबार पनि प्रधानमन्त्री सुशीला कार्कीसमक्ष माग पत्र बुझाउन मिराज ढुंगाना, रविकिरण हमाल लगायतका जेनजी अगुवाहरू सिंहदरबार मागपत्र लिएर पुगेका थिए । तर भित्र छिर्न नपाएपछि उनीहरू दक्षिण गेटमा मागपत्र टाँसेर फर्किएका थिए ।

प्रकाशित समय : १३:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु