गृहपृष्ठ कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा
कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । कुमारी बैंकका संस्थापक शेयरधनीहरूले झण्डै आठ हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेका छन् ।
सोमबार एक सूचना जारी गर्दै बैंकले सात हजार आठ सय ८२ कित्ता शेयर बिक्रीमा राखेको जनाएको छ ।
पहिलोपटक जारी गरिएको सूचना संस्थापक शेयरधनीहरूको लागि जारी गरिएको हो । यो संस्थापक शेयर धनीले ३५ दिनभित्र खरिद नगरेको खण्डमा सर्वसाधारणका लागि खुला गरिने बैंकले जनाएको छ ।
प्रकाशित समय : १०:११ बजे


















