global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ एनआईएमबी एस क्यापिटल लिमिटेड, पायोनियर ल फर्म र केयर एज रेटिङद्धारा चितवनमा “Road To IPO & Credit Rating” कार्यक्रम सम्पन्न

एनआईएमबी एस क्यापिटल लिमिटेड, पायोनियर ल फर्म र केयर एज रेटिङद्धारा चितवनमा “Road To IPO & Credit Rating” कार्यक्रम सम्पन्न

एनआईएमबी एस क्यापिटल लिमिटेड, पायोनियर ल फर्म र केयर एज रेटिङद्धारा चितवनमा “Road To IPO & Credit Rating” कार्यक्रम सम्पन्न

चितवन । एनआईएमबी एस क्यापिटल लिमिटेड, पायोनियर ल फर्म र केयर एज रेटिङद्वारा चितवनमा “Road To IPO & Credit Rating” कार्यक्रम सम्पन्न भएको छ ।
गत मंसिर ५ गते Neplease Young Entrepeneurs Forum (NYEF) को आयोजनामा ““Road To IPO & Credit Rating” सम्पन्न भएको हो । उद्यमी व्यवसायहरूलाई शेयर निष्कासन (आईपीओ) प्रक्रिया तथा क्रेडिट रेटिङबारे मार्गदर्शन दिने उद्देश्यका साथै सर्वसाधारणहरुमा वित्तिय साक्षरता अभिवृद्धि गने उद्देश्यका साथ उक्त कार्यक्रम आयोजना गरिएको थियो ।

NYEF  चितवनका अध्यक्ष तथाF.C.A निशान पौडेलले अतिथिहरूलाई स्वागत गर्नुभएको थियो । उहाँले नयाँ उद्यमीका लागि क्षमता अभिवृद्धि कार्यक्रमको महत्वमाथि प्रकाश पारेको थियो ।
एनआईएमबी एस क्यापिटल लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत सचिन्द्र ढुँगानाले आईपीओका लागि रणनीतिक योजना सम्बन्धी महत्वपूर्ण ध्यचपकजयउ सञ्चालन गरेको थियो । कम्पनीहरूले आईपीओका लागि कसरी तयारी गर्ने, सूचीकरणका लागि उचित योजना किन आवश्यक पर्छ, नेपालको वर्तमान आईपीओ बजार अवस्था र उद्यमीहरूले प्रायः गर्ने सामान्य गल्तीहरूबारे विस्तृत जानकारी गराएको थियो ।

पायोनियर ल फर्मका व्यवस्थापकीय साझेदार अनुपराज उप्रेतीले सार्वजनिक निष्कासनका लागि कानुनी पक्षहरूको विस्तारमा प्रकाश पारे । सार्वजनिक निष्कासनतर्फ अघि बढ्दा कम्पनीहरूले बुझ्नैपर्ने प्रमुख कानुनी प्रावधान, नियामकीय प्रक्रिया र अनिवार्य अनुपालनाका उपायहरूबारे स्पष्ट पारे ।

यसैगरी, केयर एज रेटिङ नेपालका प्रमुख कार्यकारी अधिकृत आनन्द प्रकाश झाले क्रेडिट रेटिङको दृष्टिकोणबारे आफ्नो प्रस्तुती दिएको थियो । कम्पनीको वित्तीय सबलता र सुशासन अभ्यासले क्रेडिट रेटिङमा कसरी ठूलो प्रभाव पर्छ र लगानीकर्ताको विश्वास तथा बजार धारणाबारे धारणा राखेको थियो ।

चितवनका उद्यमीहरूले यस कार्यक्रमबाट लाभ लिएको आयोजकले जनाएको छ ।

प्रकाशित समय : १८:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु