global ime bank Long Banner Ad

गृहपृष्ठ काठमाडौँका पानी उद्योगलाई गुणस्तर कायम गर्न निर्देशन

काठमाडौँका पानी उद्योगलाई गुणस्तर कायम गर्न निर्देशन

काठमाडौँका पानी उद्योगलाई गुणस्तर कायम गर्न निर्देशन

काठमाडौँ । वाणिज्य तथा आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पछिल्ला दिनमा बजार अनुगमन तथा निरीक्षणको कामलाई थप तीव्र पारेको छ । विभागले बिहीबारमात्र काठमाडौँका नौवटा पानी उद्योगमा अनुगमन गरेको थियो ।

पिउनेपानीमा कैफियत भेटिएको भन्ने गुनासो आएपछि विभागले अनुगमन गरी उपभोक्ता संरक्षण ऐन, २०७५ र उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम आवश्यक निर्देशन र कारबाही गरेको छ ।

विभागले कोशी मिनरल वाटर उद्योग, स्तुपा इन्डस्ट्रिज, सहभागिता वाटर एन्ड वेभरेजलगायतलाई गुणस्तर कायम गर्न निर्देशन दिएको थियो ।

यस्तै, मङ्सिर ३ गते काठमाडौँका विभिन्न ११ वटा पसल, उद्योग तथा प्रतिष्ठानमा अनुगमन गरेको थियो । गोकर्णेश्वरमा रहेको जल्पादेवी कस्मेटिक र सुजाता फेन्सीलाई नगद जरिवाना गरेको थियो ।

मङ्सिर २ गते विभागले विभिन्न आठवटा उद्योग तथा फर्ममा अनुगमन गरेको थियो । अनुगमनका क्रममा परागन फुटवेयर उद्योग चन्द्रागिरिलाई ५० हजार जरिवाना गरेको थियो । यस्तै, राजेश स्यानिटरी वेयरलाई ५० हजार र एक्वा सञ्जिवनी पानी प्रशोधन उद्योगलाई २० हजार जरिवाना गरेको थियो ।

प्रकाशित समय : १३:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु