global ime bank Long Banner Ad

गृहपृष्ठ ‘सबैले गम्भीर आत्म समीक्षा गर्न नसके इतिहासले कसैलाई क्षमा गर्ने छैन्’

‘सबैले गम्भीर आत्म समीक्षा गर्न नसके इतिहासले कसैलाई क्षमा गर्ने छैन्’

‘सबैले गम्भीर आत्म समीक्षा गर्न नसके इतिहासले कसैलाई क्षमा गर्ने छैन्’

काठमाडौँ । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाल र नेपाली राष्ट्र, अर्थतन्त्र,लोकतन्त्र र मनोबल इतिहासमै सबभन्दा कमजोर अवस्थामा रहेको बताएका छन् ।

आइतबार सामाजिक सञ्जाल मार्फत उनले घरमा आगो लागेको वेला को ठूलो कोठामा सुत्ने, कसले ठूलो भाग खाने भनेर झगडा, आरोप–प्रत्यारोप गर्ने वेला अहिले नभएको बताए ।

उनले लेखेका छन्,नेपाल र नेपाली राष्ट्र, राज्य, समाज,अर्थतन्त्र,लोकतन्त्र, संस्कृति, मनोवल यतिवेला सम्भवतः इतिहासमै सबभन्दा कमजोर, अस्थीर र अन्योलको अवस्थामा छ।घरमा आगो लागेको वेला को ठूलो कोठामा सुत्ने, कसले ठूलो भाग खाने भनेर झगडा, आरोप–प्रत्यारोप गर्ने वेला यो हैन। वरू सबै मिलेर आगो निभाउने र नयाँ अझै सुन्दर घर बनाउने संकल्प गर्ने बेला हो। सबैले गम्भीर आत्म–समीक्षा गरौं! नत्र इतिहासले कसैलाई क्षमा गर्नेछैन!’

प्रकाशित समय : ०७:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु