global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ शेख हसिनाविरुद्धको मुद्दाको फैसला नोभेम्बर १७ मा हुने

शेख हसिनाविरुद्धको मुद्दाको फैसला नोभेम्बर १७ मा हुने

शेख हसिनाविरुद्धको मुद्दाको फैसला नोभेम्बर १७ मा हुने

बङ्गलादेशका न्यायाधीशहरूले फरार पूर्वप्रधानमन्त्री शेख हसिनामाथि दायर मानवता विरुद्धको अपराधसम्बन्धी मुद्दाको बहुप्रतिक्षित फैसला आगामी नोभेम्बर १७ (आगामी मङ्सिर १ गते)मा सुनाउने भएका छन् ।

मुख्य अभियोजक ताजुल इस्लामले बिहीबार पत्रकारहरूलाई जानकारी गराउँदै अदालतले उक्त मितिमा अन्तिम निर्णय सुनाउने तयारी गरेको बताए ।

७८ वर्षीया हसिनामाथि विद्यार्थी नेतृत्वको आन्दोलनलाई दबाउने क्रममा घातक दमन गर्ने आदेश दिएको आरोप छ । उनले भारतमा रहेर अदालतको उपस्थितिका लागि गरिएको आदेशको पालना गर्न अस्वीकार गर्दै आएकी छन् ।

“कानुनअनुसार न्याय हुनेछ”, अभियोजक इस्लामले भने, “हामी लामो यात्रापछि अन्तिम चरणमा पुगेका छौँ, अदालतले १७ तारिखमा फैसला सुनाउनेछ ।”

गत जुन १ देखि अनुपस्थित अवस्थामा सुरु गरिएको मुद्दामा अदालतले हसिनामाथि सामूहिक हत्या गर्ने आदेश दिएको आरोपमा विस्तृत गवाही सुनेको थियो । संयुक्त राष्ट्रसङ्घको तथ्याङ्कअनुसार सन् २०२४ को जुलाईदेखि अगस्टसम्म उनी सत्तामा रहँदा भएको विद्रोहका क्रममा करिब एक हजार ४०० जनाको ज्यान गएको थियो ।

अभियोजन पक्षले हत्या रोक्न असफल हुनु, सामूहिक हिंसामा संलग्नता र मानवता विरुद्धका अपराधलगायत पाँचवटा मुख्य आरोप दर्ता गरेको छ । यदि दोषी ठहर भए हसिनालाई मृत्युदण्डको सजाय माग गरिएको छ ।

प्रकाशित समय : १४:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु