global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आयोगद्वारा दलहरूसँग छलफल

राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आयोगद्वारा दलहरूसँग छलफल

राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आयोगद्वारा दलहरूसँग छलफल

निर्वाचन आयोगले आगामी माघ ११ गतेका लागि निर्धारित राष्ट्रियसभा सदस्यको निर्वाचनका राजनीतिक दलहरुसँग छलफल गरेको छ ।

आयोगको कार्यालय, कान्तिपथमा भएको छलफलमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, आयुक्त र राष्ट्रिय मान्यताप्राप्त एवं राष्ट्रियसभामा प्रतिनिधित्व गरिरहेका नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी(एमाले), नेकपा (माओवादी केन्द्र)लगायत दलका प्रतिनिधि सहभागी छन् ।

आयोगका सचिव माहादेव पन्थले राष्ट्रियसभाको निर्वाचनको प्राविधिक तयारीका विषयमा दलहरूसँग परामर्शपछि निर्वाचन कार्यक्रम ल्याइने बताए ।

सभाको सदस्यको पदावधि सकिनु ३५ दिन अघि निर्वाचन हुनुपर्ने कानुनी व्यवस्था बमोजिम यो निर्वाचन हुन लागेको हो । सभाका १९ सदस्यको कार्यकाल आगामी फागुन २१ गते सकिँदैछ । त्यसमध्ये १८ सदस्यमा निर्वाचन हुनेछ भने एक सदस्य राष्ट्रपतिबाट मनोनित हुनेछन् ।

सभाको निर्वाचक मण्डलमा प्रदेशसभाका सदस्य, प्रदेशभित्रका स्थानीय निकायका अध्यक्ष/प्रमुख र उपाध्यक्ष/उपप्रमुख रहनेछन् । प्रत्येक प्रदेशसभा सदस्यको मतभार ४८ र अध्यक्ष र प्रमुख/उपाध्यक्ष/उपप्रमुखको मत भार १८ हुन्छ ।

प्रकाशित समय : १३:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु