काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

ग्लोबल आइएमई बैंकले ८ प्रतिशत नगद लाभांश दिने

3.38K
shares

ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना सेयर धनीहरूलाई ८ प्रतिशत नगद लाभांश दिने भएको छ । बैंकको १९औँ वार्षिक साधारणसभा बुधबार काठमाडौँमा सम्पन्न भएको हो ।

साधारणसभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चित मुनाफा सहितबाट चुक्ता पुँजीको ८ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने बैंकको प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।

सभाले सञ्चालक समितिका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन र एकीकृत वित्तीय विवरण अनुमोदन गरेको छ । आर्थिक वर्ष २०८१/८२ मा बैंकले ७ अर्ब २३ करोड सञ्चालन मुनाफा र ५ अर्ब ७ करोड करपछिको मुनाफा आर्जन गरेको थियो ।