सारथी विद्युतीय स्कुटरको नयाँ शाखा सातदोबाटोमा
वि.सं.२०८२ कात्तिक २६ बुधवार २१:०१
shares

वातावरणमैत्री सवारी साधनको माग तीव्र गतिमा बढ्दै जाँदा नेपालको विद्युतीय सवारी बजारमा क्रियाशील कम्पनी ‘जिरो इमिसन राइड (एन)’ ले ललितपुरको सातदोबाटोमा नयाँ शाखा (शोरुम) सञ्चालनमा ल्याएको छ ।
मिति २०८२ साल कार्तिक २६ गते, बुधबार, विशेष समारोहका बीच उक्त नयाँ शोरुमको उद्घाटन गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि स्थानीय समाजसेवी मथुरा घिमिरेद्वारा रिबन काटि शोरुम उद्घाटन गरिएको हो ।
कम्पनीले देशभर ‘देशको ऊर्जा, देशमै खपत’ भन्ने नारासहित पछिल्ला ६ वर्षदेखि चीनमा निर्मित लुयान र इकुटर ब्रान्डका विद्युतीय स्कुटरहरूको आधिकारिक विक्रि तथा वितरण गर्दै आएको छ ।

























