गृहपृष्ठ सर्लाहीमा लागुऔषध सहित चार युवक पक्राउ
सर्लाहीमा लागुऔषध सहित चार युवक पक्राउ

दिपेश पौडेल / रौतहट
सर्लाही । सर्लाही प्रहरीले लागुऔषध सहित विभिन्न स्थानबाट चार जनालाइ पक्राउ गरेको छ ।
लालबन्दी नगरपालिका–१ नवलपुर टोलको भित्री सडकबाट तीन र वागमती नगरपालिका–६ मा रहेका राधाकृष्ण मन्दीर स्थित बाँसघारीबाट एक जनालाइ पक्राउ गरेको हो ।
सर्लाहीको ब्रम्हपुरी गापा–४ त्रिभुवननगरका १८ बर्षीय प्रिन्सकुमार यादव, भारत विहार सीतामढी जिल्ला सोनवर्सा थाना अन्तर्गत पर्ने बसन्तपुर गाउँका २० बर्षीय कृष्णकुमार यादव र सोही स्थानका १७ बर्षीय किसनकुमार साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवं डिएसपी सरोज राइले जानकारी उनले दिए ।
उनका अनुसार विआर ०६ सिभी ९९८५ नम्वरको मोटरसाइकल रोकेर चेकजाँच गर्दा उनीहरुको साथबाट ओनरेक्स–१०० एमएल भएको ११७ बोटल प्रतिबन्धित लागुऔषध रहेका औषधी फेला परेको हो ।
यस्तै वागमती नगरपालिका–६ बाट प्रहरीले लागुऔषध सहित २८ बर्षीय जिवन घिसिङलाई पक्राउ गरेको हो । बा– प्र ०२–०३० प ५५७० नम्वरको मोटरसाइकललाई रोकेर प्रहरी चौकी राजघाटले खानतलासी गर्दा कालो रंगको प्लाष्टिकको झोलामा ट्रामन–५० लेखिएको क्याप्सुल २१४ पिस, स्पासमोम लेखिएको क्याप्सुल २०० पिस फेला परेको प्रहरीले जानकारी दिएको छ ।
चार जनालाई लागुऔषध कसुर तर्फ सर्लाही जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान भै रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित समय : १६:१४ बजे