global ime bank Long Banner Ad

गृहपृष्ठ बाढीपहिरो प्रभावित जिल्लामा स्वास्थ्य सेवा सहज तुल्याउने प्रयासमा प्रदेश सरकार

बाढीपहिरो प्रभावित जिल्लामा स्वास्थ्य सेवा सहज तुल्याउने प्रयासमा प्रदेश सरकार

बाढीपहिरो प्रभावित जिल्लामा स्वास्थ्य सेवा सहज तुल्याउने प्रयासमा प्रदेश सरकार

कोशी प्रदेश सरकारले बाढीपहिरो प्रभावित जिल्लामा स्वास्थ्य सेवा सहज तुल्याउने प्रयासस्वरुप आजदेखि चिकित्सको टोली परिचालन गर्ने भएको छ ।

प्रादेशिक स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य निर्देशनालय र आपूर्ति व्यवस्थापन विभागका प्रतिनिधि र चिकित्सकको टोली प्रभावित क्षेत्रमा परिचालन हुने स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा। केनीन राईले बताए।

आज बिहान तीन वटा टोली इलाम, पाँचथर, झापा, मोरङ, सुनसरी र उदयपुर प्रस्थान गर्ने तयारीमा रहेको उनले जानकारी दिए।

महामारी तथा किटजन्य रोग लाग्नबाट जोगिन सुझाउने तथा पीडितका स्वास्थ्य समस्याबारे टोलीले जानकारी लिने र आवश्यकतानुसार सहयोग गर्नेछ । साथै टोलीले क्षतिको विवरण पनि सङ्कलन गर्नेछ ।

प्रकाशित समय : ०६:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु