global ime bank Long Banner Ad

गृहपृष्ठ बत्ती बालेर हटाइँदैछ तुइन खोलाको पहिरो

बत्ती बालेर हटाइँदैछ तुइन खोलाको पहिरो

बत्ती बालेर हटाइँदैछ तुइन खोलाको पहिरो

मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५, तुइन खोला पुलनजिकको पहिरो करिब पन्छाइ सकिएको छ।

विभिन्न ६ वटा मेशिनले एकसाथ यो पहिरो पन्छाइरहेका छन् । अहिले पहिरोस्थलमा बत्तीको समेत व्यवस्था गरेर लगातार पहिरो पन्छाइँदैछ ।

पहिरो राति ९ बजेसम्म पन्छाइसकेर गाडी नारायणगढ र मुग्लिन दुवैतर्फबाट गाडी खुलाउने तयारी गरिएको छ।

काम गर्ने क्षेत्र साँघुरो भएकोले गर्दा एक पटकमा दुवैतर्फबाट ६ वटा उपकरणले मात्रै काम गर्न सक्ने अवस्था छ । सडक डिभिजन चितवनले बिहीबार राति नै गाडी खुलाउने तयारी गरेको छ।

प्रकाशित समय : २०:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु