global ime bank Long Banner Ad

गृहपृष्ठ नेपाली महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा नवीन न्यौपाने नियुक्त

नेपाली महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा नवीन न्यौपाने नियुक्त

नेपाली महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा नवीन न्यौपाने नियुक्त

नेपाली राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा नवीन न्यौपाने नियुक्त भएका छन् । सन् २०२६ मा हुने साफ महिला च्याम्पियनशिपसम्मका लागि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले न्यौपानेलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।

न्यौपानेले आज एन्फा कम्प्लेक्समा एन्फा महासचिव किरण राईले नियुक्ति पत्र हस्तान्तरण गरे । न्यौपाने भर्खरै भएको एएफसी २३ वर्षमुनिको एशियन कप छनोटमा नेपाली टोलीको मुख्य प्रशिक्षक बनेका थिए ।

एन्फाले भगवती थापा र राजकुमार केसी टोलीको सहायक प्रशिक्षकमा नियुक्त गरेको छ । यस्तै महिला राष्ट्रिय टोलीमा बिन्द्रा देवान टिम म्यानेजर, शिला गिरी फिजियोथेरापिस्ट र विकास गुरुङ किट म्यानेजरको भूमिकामा निरन्तर रहने भएका छन् ।

प्रकाशित समय : २०:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु