काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

दुई वटा आधारभूत स्वास्थ्य केन्द्र स्थापना

4.35K
shares

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगर र चित्रेमा आधारभूत स्वास्थ्य केन्द्र स्थापना भएको छ ।

अन्नपूर्ण गाउँपालिकाले वडास्तरको स्वास्थ्य संस्थामा पुगेर सेवा लिन अपायकपर्ने टोलका बासिन्दालाई लक्षित गरेर केन्द्र स्थापना गरेको हो । पोखरेबगर गाउँपालिकाको केन्द्र हो भने चित्रे अन्नपूर्ण चक्रीय पदमार्गमा पर्छ ।

पोखरेबगरमा स्वास्थ्य केन्द्रको साथै आयुर्वेद सेवा केन्द्र पनि सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताए । उनका अनुसार चित्रेमा स्वास्थ्य सहायक र पोखरेबगरमा अनमीलाई खटाएर आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउन थालिएको छ ।

चित्रेमा सामुदायिक भवनमा केन्द्र सञ्चालन भएको छ । पोखरेबगरमा गाउँपालिकाले कार्यालय सञ्चालन प्रयोजनका लागि भाडामा लिएको भवनको एउटा सटरमा स्वास्थ्य र आयुर्वेद सेवा केन्द्र सञ्चालन गरिएको छ ।

अन्नपूर्ण गाउँपालिका–६ को वडास्तरको स्वास्थ्य चौकी घार गाउँमा छ। आठ वटा वडा रहेको अन्नपूर्ण गाउँपालिकामा आठ वटा स्वास्थ्य चौकी, छ वटा सामुदायिक स्वास्थ्य इकाइ र दानामा आयुर्वेद स्वास्थ्य केन्द्र छ ।