काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

भारतविरुद्धको टेस्ट सिरिज खेल्ने वेस्टइन्डिज टिमको घोषणा

2.2K
shares

वेस्ट इन्डिजले भारतविरुद्धको टेस्ट सिरिजका लागि आफ्नो टोली घोषणा गरेको छ । यो सिरिज अक्टोबर २ देखि १४ सम्म खेलिनेछ ।

दुई खेलको टेस्ट सिरिजको पहिलो खेल अक्टोबर २ देखि ६ सम्म अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा खेलिनेछ भने दोस्रो खेल दिल्लीको अरुण जेटली स्टेडियममा हुनेछ ।

वेस्ट इन्डिजले पहिलो पटक बायाँ हाते स्पिनर खरी पियरेलाई टेस्ट टोलीमा समावेश गरेको छ । ३३ वर्षीय खरी पियरेले वेस्ट इन्डिज च्याम्पियनसिपमा लगातार राम्रो प्रदर्शन गरेका छन् । उनले यस सिजनमा ४१ विकेट र १३.५६ को औसतका साथ सबैभन्दा धेरै विकेट लिएका छन् ।