काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

व्रतालुसँगै नुहाउने क्रममा डुबेर बालिका बेपत्ता

3.36K
shares

रौतहट । रौतहटको लालबकैया नदीमा नुहाउने क्रममा डुबेर एक बालिका बेपत्ता भएकी छिन । जितिया पर्वको नहाय खायको लागि शनिबार बिहान व्रतालुसँगै नुहाउने क्रममा डुबेर बेपत्ता भएको स्थानीयले बताएका छन् ।

गौर नगरपालिका ६ का १० वर्षीय करिश्मा साह डुबेर वेपता भएको प्रहरीले जानकारी दिएको छ ।
नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा स्थानीय द्वारा खोजी कार्य जारी राखेको छ ।
जितिया पर्वको विधिअन्तर्गत व्रतार्थीहरू जलाशय स्नानादी गरी घिरौलाको पातमा तोरी वा सस्र्यूको तेल र पिना (खरी) चढाएर जिमुतवाहन देवताको पूजा गर्दछन् । यो विधिलाई तेलखरी पनि भन्ने गरिन्छ । यो तेलखरी प्रसादस्वरूप घरका सबैले टाउकामा लगाउने गर्दछन् ।