गृहपृष्ठ अवस्था सामान्य हुन थालेसँगै भन्सारबाट भित्रिन थाल्यो अत्यावश्यक सामग्री
अवस्था सामान्य हुन थालेसँगै भन्सारबाट भित्रिन थाल्यो अत्यावश्यक सामग्री
काठमाडौं । जेन्जीको प्रदर्शनपछि नेपालतर्फ आउने अत्यावश्यक वस्तु आयात सहज हुन थालेको छ । भ्रष्टाचारविरुद्ध जेन्जी पुस्ताले गरेको आन्दोलनका कारण केही दिन नाका ठप्प रहेको थियो ।
अहिले सेना तथा प्रहरीको सहयोगमा अत्यावश्यक सामग्री आयात भइरहेको भन्सार विभागका निर्देशक किशोर वर्तौलाले जानकारी दिए ।
वर्तौलाका अनुसार प्रदर्शनका कारण मेची, कैलाली, भैरहवा, जनकपुर बढी क्षति पुगेको छ । देशको मुख्य भन्सार कार्यालको गेटमा आगजनीबाहेक अन्य कुनै क्षति नभएको उनले बताए । वीरगन्ज सीमा नाकामा रोकिएका पेट्रोलियम पदार्थ बिहीबार भित्रिएका छन् ।
भारतीय पक्षले कुनै अवरोध नगरेको र निरन्तर रूपमा सहजीकरणको आग्रह गरे पनि नेपाली पक्षमा सुरक्षा अवस्था र जनशक्ति अभावका कारण ढुवानी प्रभावित भएको भारतीय सीमा निकायले जनाएको छ ।
प्रकाशित समय : १३:४५ बजे


















