गृहपृष्ठ बाजुरामा लगाईएको कफ्र्यु खुकुलो पारियो

बाजुरामा लगाईएको कफ्र्यु खुकुलो पारियो

बाजुरामा लगाईएको कफ्र्यु खुकुलो पारियो

बाजुरा । बाजुरामा लगाइएको कफ्र्यु खुकुलो पारिएको छ। प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद पौडेलका अनुसार यहिभदौ २५ गते लगाइएको कफ्र्यु क्रमश खुकुलो पारिएको बताए ।

देशैभरी जेनजीले गरेको आन्दोलन आक्रामक बनेकाले बाजुरामा पनि जेनजीको आन्दोलनले घटना निम्ति सक्ने हुँदा सम्पूर्ण नागरिकलाई घरभित्रै सुरक्षित बस्न आग्रहगर्ने गरि कफ्र्यु आदेश जारी गरिएको थियो।

आन्दोलनको घटनापश्चात् उत्पन्न असहज परिस्थितिलाई गरि २५ गते विहान ११ बजेदेखि लगाईएको कफ्र्यु खुकुलो पारि जनजिवन सहज बनाइएको हो ।

आजबिहान ११ः०० बजेदेखि कफ्र्यु खुकुलो बनाई निषेधाज्ञा भने जारी रहेको प्रजि अपौडेलले जानकारी दिए। निषेधाज्ञा कार्यान्वयन गर्दै विस्तारै जनजीवन सहज बनाउँदै लगिने प्रशासन बाजुराले जनाएको छ।

अत्यावश्यक काम बाहेक बाहिर हिड्डुलनगर्न भनिएको छ । निशेधाज्ञाका क्रममाःअत्यावश्यक सेवा एम्बुलेन्स,सववाहन,स्वास्थ्यकर्मी,सुरक्षाकर्मीका सवारीसाधन ,खाद्यान्न,औंषधी ओसार पसार गर्ने साधन सञ्चालनगर्न सकिनेछ ।

अत्यावश्यककाम बाहेक आवतजावत गर्न छुट्टाईएको समयमा सामाग्री किनमेल,एवम् धार्मिक ,संस्कृति परम्परागत अबलम्बनका लागी हिड्डुल गर्नका लागि मात्र भएको उक्त समयमाधर्ना,जुलुस,प्रर्दशन,लगायत गतिविधि,गर्न पुर्ण रुपमानिषेध गरिएको प्रजिअ गणेश प्रशाद पौडेल द्वारा जारी सूचनामा भनिएको छ।

कफ्र्यु जारी गरिए पश्चात् मार्तडी सहितका बजारमा दैनिक उपभोग्य सामाग्रीको मुल्यमा बृद्धि भएको हो ।कफ्र्यु जारी पश्चात् दुई दिनमै सदरमुकाम मार्तडी लगायत अन्य जिल्लाका व्यापारिक केन्द्रमा दैनिक उपभोग्य बस्तुको मुल्यमा बृद्धि भएको पाइएको हो।

कफ्र्युका कारण सदरमुकाम मार्तडी सहितका बजार क्षेत्रमा दैनिक उपभोग्य सामग्रीको मूल्य ह्वात्तै बढेको स्थानीय गणेश राजति मिल्सेनाले बताए ।

प्रकाशित समय : १३:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु