global ime bank Long Banner Ad

गृहपृष्ठ भारी वर्षाका कारण चीनमा विद्यालय बन्द, यातायात अवरुद्ध

भारी वर्षाका कारण चीनमा विद्यालय बन्द, यातायात अवरुद्ध

भारी वर्षाका कारण चीनमा विद्यालय बन्द, यातायात अवरुद्ध

मध्य चीनको हेनान प्रान्तमा परेको अविरल वर्षाले विद्यालय बन्द हुनुका साथै यातायात प्रणालीमा अवरोध उत्पन्न गरेको छ । राजधानी झेङ्झाउमा बिहीबारदेखि नै रातो चेतावनी जारी गरिएको छ ।

सहरले बाढी नियन्त्रण आपत्कालीन प्रतिक्रिया सुरु गरेपछि गैर–बोर्डिङ प्राथमिक तथा माध्यमिक विद्यालय र किन्डरगार्टेनहरूले कक्षा स्थगित गरेका छन् । साथै स्थानीय बासिन्दाहरूलाई अनावश्यक यात्रा नगर्न आग्रह गरिएको छ ।

बिहीबार बिहानसम्म वर्षा र जलमग्न भएका कारण प्रान्तभरका दर्जनौँ राजमार्ग टोल स्टेसनहरू बन्द गर्न वा सवारी आवागमनमा प्रतिबन्ध लगाउन बाध्य भएको यातायात अधिकारीहरूले बताएका छन् ।

बुधबार बिहानदेखि बिहीबार बिहानसम्मको अवधिमा हेनानका विभिन्न क्षेत्रमा मुसलधारे वर्षा भएको थियो । जुचाङ, झोउको, लुओहे र नान्याङका धेरै भाग प्रभावित भएका छन् । जुचाङ, ताइकाङ र फुगौ काउन्टीहरूमा मात्र ४७ वटा वर्षा तथा आँधीबेहरी चेतावनी जारी भएको थियो ।

राष्ट्रिय मौसम विज्ञान केन्द्रका अनुसार, बिहीबार बिहान ८ बजेसम्म जुचाङले २४ घण्टामा १६३.८ मिलिमिटर वर्षा रेकर्ड गरेको छ । यो देशकै उच्चतम हो । प्रान्तीय यातायात अधिकारीहरूले बाढी नियन्त्रण तथा उद्धारका लागि १० हजारभन्दा बढी जनशक्ति परिचालन गरेको बताएका छन् ।

प्रकाशित समय : १८:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु