global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ राप्ती संरक्षणको लागि दीर्घकालीन समाधानतर्फ सरकार अग्रसर छ : मन्त्री खड्का

राप्ती संरक्षणको लागि दीर्घकालीन समाधानतर्फ सरकार अग्रसर छ : मन्त्री खड्का

राप्ती संरक्षणको लागि दीर्घकालीन समाधानतर्फ सरकार अग्रसर छ : मन्त्री खड्का

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले राप्तिसोनारी वडा नम्बर १ कुसुमदेखि नरैनापुर ६ गंगापुरसम्मको राप्ति नदी तटबन्धनका लागि पछिल्ला तीन वर्षमा भारत सरकार, एसियाली विकास बैंक (एडीबी) र नेपाल सरकारबाट गरी २३ अर्ब रुपैयाँभन्दा बढी विनियोजन भएको बताएका छन् ।

प्रतिनिधिसभामा बिहीबार सांसद सूर्य प्रसाद ढकालले सो क्षेत्रको तटबन्धन खर्च र दीर्घकालीन समाधानबारे सरकारको योजना सम्बन्धी सोधेको प्रश्नको जवाफमा मन्त्री खड्काले गएको तीन वर्षमा भारत सरकारले अनुदान स्वरूप ३५.०३ करोड, एडीबीले १४३.९८ करोड र नेपाल सरकारले ४१.९५ करोड रुपैयाँ विनियोजन गरेको जानकारी दिए । मन्त्री खड्काले नेपाल–भारतबीच बाढी तथा डुबान सम्बन्धी द्विपक्षीय बैठक तीन वर्षदेखि नबसेकाले भारतीय अनुदान रकम खर्च हुन सकेको सदनमा जानकारी गराए ।

यसैगरी, चालू आर्थिक वर्ष २०८२/८३ मा भारत सरकारले २०.५० करोड, एडीबीले ३७.६६ करोड र नेपाल सरकारले १२.८६ करोड रुपैयाँ विनियोजन गरेको मन्त्री खड्काले बताए ।

प्रकाशित समय : १६:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु