गृहपृष्ठ नेपाल नागरिकता विधेयकले आमाको पनि बंश कायमहुन्छ:गृहमन्त्री लेखक
नेपाल नागरिकता विधेयकले आमाको पनि बंश कायमहुन्छ:गृहमन्त्री लेखक
काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकले आमा पनि बंश हो भन्ने कुरा कायमहुने बताएका छन् ।
कानून निर्माणको चरणपार गर्दै बुधबार प्रतिनिधिसभा बैठकमा प्रस्तुत भएको नागरिकता विधेयकका सम्बन्धमा गृहमन्त्री लेखकले विधेयकले आमाको नामबाट नागरिकता पाउने स्थितिलाई सुनिश्चित गरेको अवस्थारहेको बताउँदै बाबुको पहिचाननभएको अवस्थामा आमाकै नामबाट नागरिकता दिन सकिने विधेयको आधारभूततत्व रहेको बताए ।
उनले भने‘यो विधेयकले आमाको नामबाट नागरिकता पाउने स्थितिलाई सुनिश्चित गरेको अवस्था छ । हामीले यो ऐतिहासिक प्रस्थान गरेका छौं । आमा पनि बंश हो ।आमाबाट पनि बंश कायम हुन्छ ।आमाकै नागरिकता आधारमा सन्तानले नागरिकता गर्छ भन्ने कुरालाई सुनिश्चित गरिएको छ । बाबुको पहिचाननभएको अवस्थामाआमाकै नामबाट नागरिकता दिन सकिने विधेयको आधारभूततत्व हो,’
बाबु भएको आधार पुष्टिगर्न नसकेको पनि बाबुहरुको नामजन्मदर्ता, शैक्षिक योग्यता प्रमाणपत्रमा उल्लेख हुदाँती नेपाली नागरिक आमाका सन्तानहरुका हकमा बाबुको पहिचाननभएको मानी नेपाली आमाको नागरिकताको आधारमा नेपाली नागरिकता प्राप्त सक्ने गृहमन्त्री लेखकको भनाइ छ ।
उनका अनुसार नेपालको अन्तरिम संविधान बमोजिम बाबु वाआमामध्ये कुनै एकले जन्मका आधारमा नागरिकता प्राप्त गरेको र अर्कोको नागरिकता प्राप्त गर्नु अगावै मृत्यु भएको वा सम्पर्क विहिन रहेको व्यक्तिको सन्तानले अङ्गीकृत नागरिकता प्राप्त गर्न सक्नेछ ।
यस्तै नेपालको नागरिक आमाबाट विदेशमा जन्मभई नेपालमा बसोबास गर्नुका साथै विदेशको नागरिकतावा राहदानीनलिएको र बाबुको पहिचान नभएको व्यक्तिले अङ्गिकृत नेपाली नागरिकता प्राप्त गर्न सक्ने गृहमन्त्री लेखकले बताए ।
विधेयकमा सोह्र वर्ष उमेर पूरा नभएको र बाबु वाआमा मध्ये कम्तीमा एक जना नेपाली नागरिक रहेको नाबालकलाई वैदेशिक यात्रामा सहजीकरण गर्न नाबालक परिचयपत्र प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ ।
विधेयक पारित अदालतहरुबाट विभिन्न समयमा जारी भएका परमादेशहरुको कार्यान्वयन हुनका साथै सम्मानित अदालतबाट दिइएका आदेशहरुको कार्यान्वयनमा एक रुपताकायम हुने गृहमन्त्री लेखकले बताए ।
उनले भने,‘संविधानको भावना बमोजिम कुनै पनि नेपाली नागरिक नागरिकता प्राप्त गर्ने हकबाट वञ्चितहुने छैन । साथै नेपाली नागरिक आमाबाट जन्मभएका सन्तानहरुले आमाको नामबाट नागरिकता प्राप्त गर्ने गरी संवैधानिक व्यवस्थाको पूर्ण रुपमा कार्यान्वयन हुनेछ भने आमा वाबाबुले जन्मका आधारमा नागरिकता प्राप्त गरेका नागरिकका सन्तानहरुले अङ्गीकृत नागरिकता प्राप्त गर्न सक्नेछ ।’
विद्यमान समयमा बदलिदो सामाजिक परिवेश अनुसार पहिचान विहिन भएर बस्नु परेको बैदेशिक रोजगारमा गएका नेपाली महिलाहरुका सन्तानहरु नागरिकता विहिन भईरहेको अवस्थामा अङ्गिकृत नागरिकता प्राप्त गर्न सक्ने उनको भनाइ छ ।
प्रकाशित समय : १९:०९ बजे



















