टप इन्ड टी–२० शृङ्खलाको उपाधि पर्थ स्कोर्चर्सले जित्यो
वि.सं.२०८२ भदौ ८ आइतवार १७:३५
shares

अस्ट्रेलियामा भएको टप इन्ड टी–२० क्रिकेट शृङ्खलाको उपाधि पर्थ स्कोर्चर्स एकेडेमीले जितेको छ । डार्विनमा आज भएको फाइनलमा पर्थले स्कोर्चर्सले एडिलेड स्ट्राइकर्सलाई १५ रनले हरायो ।
पर्थले दिएको २ सय ५ रनको लक्ष्य पछ्याएको एडिलेडले २० ओभरमा ६ विकेट गुमाएर १ सय ९० रनमात्र बनाउन सक्यो । एडिलेडका म्याकेन्जी हार्वेले सबैभन्दा धेरै नटआउट ८३ रन बनाए । पर्थका किटन क्रिचेल र म्याथ्यू स्पोर्सले २/२ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पर्थले २० ओभरमा २ विकेट गुमाएर २ सय ५ रन बनाए । पर्थका ब्याक्सटर होल्टले नटआउट १ सय १४ रन बनाए । एडिलेडका ह्यानो जेकब्स र जेर्सिस वाडियाले १/१ विकेट लिए ।
नर्दन टेरिटरी क्रिकेटको आयोजनामा भएको ११ टोली सहभागी प्रतियोगितामा नेपाल पनि थियो । नेपालले ६ खेलमा ४ मा हार र २ मा जीत निकालेको थियो ।
























