काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सुब्बा पूर्णलाल–आनन्दकुमारी स्मृति पुरस्कार वैदिक अनुसन्धान गुठी (वाग्) लाई

3.09K
shares

वैदिक वाङ्मयको अध्ययन अनुसन्धानमा काम गरिरहेको संस्था वैदिक अनुसन्धान गुठी (वाग्)लाई यस वर्षको सुब्बा पूर्णलाल–आनन्दकुमारी स्मृति पुरस्कार प्रदान गरिएको छ ।

सत्सङ्ग परिवार जाउलाखेलमा शनिबार आयोजित कार्यक्रममा गुठीका अध्यक्ष स्वामी केशवानन्द गिरीलाई उक्त पुरस्कार प्रदान गरिएको हो । गुठीले वैदिक वाङ्मयलाई प्रविधिसँग जोड्न गरेको कार्यका लागि यो पुरस्कार दिइएको हो । गुठीका तर्फबाट युवा स्वामी अध्यक्ष डा केशवानन्द गिरीले पुरस्कार ग्रहण गर्नुभएको थियो । पुरस्कारको राशि नगद रु दुई लाख र सम्मानपत्र रहेको छ ।

रामलाल श्रेष्ठले आफ्ना माता, पिताको सम्मानमा यो पुरस्कार स्थापना गरेको कार्यक्रममा जानकारी गराइएको थियो । कार्यक्रममा युवा सन्त डा केशवानन्द स्वामी, सत्सङ्ग परिवारका अध्यक्ष दीपक रिमाल, वेदान्तविद् रामप्रसाद भण्डारीलगायतले वैदिक वाङ्मयको रक्षाका लागि काम गरेको गुठीलाई पुरस्कार दिनु सुखद् विषय भएको बताए।