global ime bank Long Banner Ad

गृहपृष्ठ एन्फा टेक्निकल सेन्टर कास्कीको धितालमै बन्नुपर्छ : दाहाल

एन्फा टेक्निकल सेन्टर कास्कीको धितालमै बन्नुपर्छ : दाहाल

एन्फा टेक्निकल सेन्टर कास्कीको धितालमै बन्नुपर्छ : दाहाल

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका धितालमा प्रस्तावित एन्फा टेक्निकल सेन्टर निर्माणको काम अगाडि बढ्नुपर्छ भन्नेमा आफू रहेको बताएका छन्।

आज धितालस्थित भेडाबारीका स्थानीय जग्गादाता, विभिन्न राजनीतिक दलका प्रतिनिधि र जनप्रतिनिधिहरूको टोलीले एन्फा टेक्निकल सेन्टर निर्माण प्रक्रिया अघि नबढेको भन्दै अध्यक्ष दाहाललाई भेट गरी पहल गरिदिन अनुरोध गरे।

प्रतिनिधिहरूले सो क्षेत्रमा सर्वेक्षण, वातावरणीय प्रभाव मूल्यांकन, माटो परीक्षण लगायतका प्रारम्भिक काम सम्पन्न भइसकेको र पालिकाको पहलमा जग्गा समेत हस्तान्तरण भइसकेको जानकारी गराए। प्रारम्भिक चरणमा बजेट विनियोजन, टेन्डर प्रक्रिया जस्ता कामहरू सम्पन्न भए पनि पछिल्लो समय योजना अलपत्र परेको भन्दै उनीहरूले चिन्ता व्यक्त गरे।

प्रकाशित समय : १०:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु