global ime bank Long Banner Ad

गृहपृष्ठ विद्या राजनीतिमा आउँदा लोकतन्त्रलाई घाटा: महासचिव पोखरेल

विद्या राजनीतिमा आउँदा लोकतन्त्रलाई घाटा: महासचिव पोखरेल

विद्या राजनीतिमा आउँदा लोकतन्त्रलाई घाटा: महासचिव पोखरेल

एमाले महासचिव शंकर पोखरेलले पूर्वराष्ट्रपति विद्या भण्डारी सक्रिय राजनीतिमा आउँदा पार्टीलाई फाइदा पुग्ने भए पनि लोकतन्त्रलाई घाटा हुने भएकाले उनी पूर्वराष्ट्रपतिकै हैसियतमा बस्दा उचित हुने धारणा व्यक्त गरेका छन्। पोखरेलले यसै कारण भण्डारीको सदस्यता नवीकरण नगर्ने निर्णय केन्द्रीय कमिटीबाट भएको बताए।

‘विद्या भण्डारी एमालेको राजनीतिमा आउँदा पार्टीलाई फाइदा नै हुन्छ। उहाँको व्यक्तित्वले एमाले बलियो नै हुन्थ्यो तर यस्तो प्रवृतिले लोकतान्त्रिक मूल्य मान्यतालाई खण्डित गर्छ,’ एमाले प्रचार विभागले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले भने।

सदस्यता नवीकरण नहुँदैमा भण्डारी घरमा बस्ने भन्ने अपेक्षा पार्टीको नभएको पनि पोखरेलले बताए। पूर्वराष्ट्रपति भण्डारी देशकै अभिभावक भएकाले उनले समसामयिक राजनीतिक विषयमा चासो र चिन्ता राख्नुलाई अस्वाभाविक मान्न नहुने उनले बताए।

प्रकाशित समय : १०:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु