गृहपृष्ठ शिवश्री हाइड्रोपावरको हकप्रद सेयरका लागि बुक क्लोजको मिति तय
शिवश्री हाइड्रोपावरको हकप्रद सेयरका लागि बुक क्लोजको मिति तय
CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v80), quality = 90
शिवश्री हाइड्रोपावर कम्पनीले हकप्रद सेयर निष्कासन प्रयोजनार्थ बुक क्लोजको मिति तय गरेको छ।
कम्पनी सञ्चालक समितिको बैठकले यही साउन १६ गते १ दिन बुक क्लोज गर्ने निर्णय गरेको हो। यसको अर्थ १५ गतेसम्म कायम सेयरधनीले यो कम्पनीको हकप्रद सेयरमा आवेदन दिन पाउनेछन्।
नेपाल धितोपत्र बोर्डले कम्पनीलाई हाल कायम चुक्तापुँजीको १०० प्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्न अनुमति दिएको छ। कम्पनीले आफ्ना सेयरधनीहरुलाई १ अर्ब ४७ करोड ६४ लाख रुपैयाँबराबर हकप्रद सेयर जारी गर्नेछ।
कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १ करोड ४७ लाख ६४ हजार कित्ता सेयर बिक्री खुला गर्नेछ।
प्रकाशित समय : १०:४० बजे



















