global ime bank Long Banner Ad

गृहपृष्ठ बंगलादेश विमान दुर्घटना : भारतले पठायो चिकित्सा टोली

बंगलादेश विमान दुर्घटना : भारतले पठायो चिकित्सा टोली

बंगलादेश विमान दुर्घटना : भारतले पठायो चिकित्सा टोली

बंगलादेशमा भएको विमान दुर्घटनामा घाइते भएकाहरूको उपचार गर्न भारतले एक चिकित्सा टोली पठाएको छ। विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालका अनुसार यस मेडिकल टोलीमा दिल्लीको राम मनोहर लोहिया अस्पताल र सफदरजंग अस्पतालका दुई विशेषज्ञ र एक नर्सिङ सहायक समावेश छन्।

रणधीर जयसवालले बुधबार सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखे , ‘२३ जुलाईको साँझ, नयाँ दिल्लीको राम मनोहर लोहिया अस्पताल र सफदरजंग अस्पतालबाट दुई भारतीय विशेषज्ञ र एक नर्सिङ सहायकको टोली २१ जुलाईमा ढाकामा भएको विमान दुर्घटनाका पीडितहरूको उपचार गर्न ढाका पुगेको थियो।’

उनले लेखेका छन्, ‘विमान दुर्घटनापछि बंगलादेशलाई सबै सम्भव सहयोग र समर्थन प्रदान गर्ने प्रधानमन्त्री नरेन्द्र मोदीले दिएको आश्वासन अनुसार एक चिकित्सा टोली बंगलादेश पठाइएको हो।’

बंगलादेश वायुसेनाको एफ-७ बीजीआई प्रशिक्षण विमान सोमबार दिउँसो राजधानी ढाकाको दियाबारी क्षेत्रमा रहेको माइलस्टोन स्कूल एण्ड कलेज क्याम्पसमा दुर्घटनाग्रस्त भएको थियो।

प्रकाशित समय : १०:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु