काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

‘होर ई–स्पोर्ट्स’ वल्र्डकप खेल्ने नेपाली टोलीको बिदाइ

1.33K
shares

ई–स्पोर्ट्स सङ्घ नेपाल (ईशान)ले पब्जी मोबाईल ई–स्पोर्ट्स वल्र्डकप खेल्ने नेपाली टोली होर ई स्पोर्ट्सको सोमबार बिदाइ गरेको छ ।

राष्ट्रिय खेलकुद परिषद्मा सोमबार एक कार्यक्रमको आयोजना गरेर साउदी अरबमा हुने ई–स्पोर्ट्स वल्र्डकप खेल्ने नेपाली टोली होर ई स्पोर्ट्सको बिदाइ गरिएको हो ।

पब्जी टिममा खेलाडीको रुपमा आकाश राई, शीतल राई, सुप्रिम अधिकारी, उगेन छोपेल लामा, प्रवेश गुरुङ र आयुश लामाले प्रतिस्पर्धा गर्नेछन ।

टोलीको म्यानेजरमा उमेश बुढथापा, अफिसियलमा सञ्जन गौतम र नवराम श्रेष्ठ रहेका छन । साउदी अरबमा जुलाई २५ देखि २३ तारिखसम्म सञ्चालन हुने प्रतियोगितामा होर ई–स्पोर्ट्स एक्लो टोलीको रुपमा छनोट भएको हो ।

काजकिस्तानमा गत महिना भएको पब्जी मोबाईल सुपर लिग सेन्ट्रल तथा साउथ एसियामा दोस्रो स्थानमा रहदै होरले विश्वकपमा स्थान बनाएको थियो ।