काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

जापानमा दक्षिणपन्थी दलको प्रभाव बढ्दो

2.18K
shares

जापानमा अति दक्षिणपन्थीको प्रभाव बढेको छ। जापानको माथिल्लो संसदमा दक्षिणपन्थी सानसियटी पार्टीको प्रभाव बढेको छ।

राष्ट्रवादी नारा, गैर आप्रवासी चेतावनी तथा कर कटौती र सामाजिक सुरक्षाका मुद्दाले दक्षिण पन्थीको प्रभाव बढी रहेको छ।

कोभिड महामारीको कसर परिरहेको समयमा युट्युबमा अभियानको सुरुवात गर्दै सो दलको स्थापना भएको हो। एनएचकेले गरेको सर्वेक्षण अनुसार २४८ सदस्सीय चेम्बरमा २२ स्थानमा सफलता पाएको छ। सो दलको एक सिट मात्र थियो।

तल्लो सदनको त्यो दलको तीन सिट मात्र छ। यो चुनावी अभियानको नेतृत्व पार्टी नेता ४७ वर्षीय पूर्व अङ्ग्रेजी शिक्षक सोहय कमाइले गरेका छन्। विगतमा उनको विभिन्न अभिव्यक्ति विवादमा आएको थियो। उनी अमेरिकी राष्ट्रपति शैलीलाई बोल्ड स्टाइलको भन्दै प्रशंसा गर्छन्। उनले एक अन्तरवार्तामा जापान पहिलोको मुद्दालाई अघि बढाएका थिए।