गृहपृष्ठ अध्यागमन विभागको नयाँ महानिर्देशकमा तिवारी
अध्यागमन विभागको नयाँ महानिर्देशकमा तिवारी
गृह मन्त्रालयले अध्यागमन विभागको महानिर्देशक परिवर्तन गरेको छ ।
विभागका महानिर्देशक गोविन्द रिजाललाई गृह मन्त्रालयमा सरुवा गरी विभागको महानिर्देशकमा गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीलाई पठाएको छ ।
यसैगरी त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत विष्णु प्रसाद कोइरालालाई गृह मन्त्रालयमा सरुवा गरिएको छ ।
प्रमुख अध्यागमन अधिकृतमा खोटाङका प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेलाई ल्याइएको छ । घिमिरे यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लामो समय सम्म प्रवक्ताको जिम्मेवारीमा रहेका थिए।
प्रकाशित समय : १८:४६ बजे




















