global ime bank Long Banner Ad

गृहपृष्ठ प्राधिकरणको घोषणा बीमा क्षेत्रलाई प्रविधिमैत्री बनाउने

प्राधिकरणको घोषणा बीमा क्षेत्रलाई प्रविधिमैत्री बनाउने

प्राधिकरणको घोषणा बीमा क्षेत्रलाई प्रविधिमैत्री बनाउने

नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रलाई प्रविधिमैत्री बनाउने घोषणा गरेको छ । आज आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्राधिकरणका अध्यक्ष शरद ओझाले यस्तो बताएका हुन् ।

बीमकहरुसँग प्रभावकारी समन्वयको लागि नियामकीय अलर्ट सिस्टमको विकास गर्ने, प्राधिकरणमा ज्ञान व्यवस्थापन प्रणाली निर्माण गर्ने, Insurance Regulatory Management Information System (IRMIS) र Agriculture and Livestock Insurance System (ALIS) लाई थप प्रभावकारी बनाउने जनाइएको छ ।

बीमकले बीमितलाई दाबी प्रक्रियाको अवस्थाबारे अद्यावधिक जानकारी दिने प्रणालीको व्यवस्था गराउने, बीमा क्षेत्रलाई प्रविधिमैत्री बनाउन आवश्यक कानूनी संरचना विकास गरी प्रभावकारी कार्यान्वयन गर्ने र विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्ने संयन्त्रको विकास गर्ने जनाएको छ ।

प्रकाशित समय : १६:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु