global ime bank Long Banner Ad

गृहपृष्ठ स्वस्थ र अनुशासित नागरिक उत्पादन गर्न खेलजगत्को ठूलो भूमिका छः उपप्रधानमन्त्री सिंह

स्वस्थ र अनुशासित नागरिक उत्पादन गर्न खेलजगत्को ठूलो भूमिका छः उपप्रधानमन्त्री सिंह

स्वस्थ र अनुशासित नागरिक उत्पादन गर्न खेलजगत्को ठूलो भूमिका छः उपप्रधानमन्त्री सिंह

उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले स्वस्थ र अनुशासित नागरिक उत्पादन गर्न खेलजगत्को ठूलो भूमिका रहेको बताएका छन।

जिल्ला समन्वय समिति काठमाडौँको आयोजनामा खेलाडी वरियता निर्धारणसहितको लिग तेक्वान्दो प्रतियोगिताका उत्कृष्ट खेलाडी (महिला, पुरुष) पुरस्कार घोषणा तथा पत्रकार सम्मेलनलाई सम्बोधन गर्नुहुँदै उपप्रधानमन्त्री सिंहले भने, “अहिले खेलक्षेत्रलाई सबैले बुझ्न थालेका छन् । खेलमार्फत राष्ट्रलाई चिनाउन सकिन्छ भन्ने कुरा सबैले बुझ्नुभएको छ ।”

नेपाली समाजमा खेलप्रतिको फरक धारणा विकास हुँदै गएको उपप्रधानमन्त्री सिंहले बताए । “पहिला घर परिवारले खेलेर के पाइन्छ भनेर प्रश्न गर्दथे । अहिले सबैले बुझ्न थालेका छन्”, उनले भने ।

चौथो बागमती प्रदेशस्तरीय खुल्ला लिग तेक्वान्दो प्रतियोगिता यही असार २६ देखि २८ गतेसम्म काठमाडौँमा हुँदैछ । खेलाडीको क्षमता अभिवृद्धि गरी अन्तरराष्ट्रिय प्रतियोगितामा उत्कृष्ट नतिजा ल्याउने उद्देश्यले लिग सञ्चालन हुन लागेको हो ।

प्रतियोगितामा उत्कृष्ट हुने महिला र पुरुष खेलाडीलाई ई–स्कुटर प्रदान गरिनेछ । साथै प्रथम, द्वितीय र तृतीय हुने खेलाडीलाई क्रमशः १५ हजार, १० हजार तथा  पाँच हजार पुरस्कार प्रदान गरिने छ । लिगमा पुरुष तथा महिलातर्फ पाँच पाँचवटा तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित समय : १६:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु