global ime bank Long Banner Ad

गृहपृष्ठ एसियन भिलेज रिसोर्टका अध्यक्ष शर्मा पक्राउ

एसियन भिलेज रिसोर्टका अध्यक्ष शर्मा पक्राउ

एसियन भिलेज रिसोर्टका अध्यक्ष शर्मा पक्राउ

काठमाडौँ । कर्जा रकम दुरुपयोगसम्बन्धी कसुरमा एसियन भिलेज रिसोर्टका अध्यक्ष शशिधर शर्मा पक्राउ परेका छन् । केन्द्रीय अुनसन्धान व्यूरोको टोलीले ५८ वर्षीय शर्मालाई आज काठमाडौँ महानगरपालिका–९ पिङ्गलास्थानबाट पक्राउ गरेको हो ।

निजले उक्त रिसोर्ट निर्माण र जग्गा खरिदका लागि प्रभु बैंकबाट रु ४८ करोड कर्जा लिएकामा उक्त कम्पनीले आफ्नै समूहको अन्य ऋणी कम्पनीको बक्यौता तिरी कर्जा रकम दुरुपयोग गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

कर्जा दुरुपयोग गर्न नहुने कसुर गरेको निष्कर्ष निकाल्दै नेपाल राष्ट्र बैङ्कले शर्मा विरुद्ध थप अनुसन्धानका लागि ब्यूरोलाई पत्राचार गरेको थियो । शर्मामाथि बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गतको कसुरमा उच्च अदालत पाटनबाट आज अनुमति लिई पक्राउ गरिएको व्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक अनुपमशमशेर जबराले जानकारी दिए ।

प्रकाशित समय : २३:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु