रिलायबल नेपाल लाइफले व्यतित बीमालेख नवीकरण गर्दा आजसम्म छुट दिने
वि.सं.२०८२ असार २० शुक्रवार १२:३६
shares

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले व्यतित बीमालेखको विलम्ब शुल्कमा आजसम्म छुट दिने भएको छ । कम्पनीले विलम्ब शुल्कमा १०० प्रतिशत छुट दिने जनाएको छ। छुट आज असार २० गतेसम्मको लागि दिने भएको हो । यस कम्पनीबाट जारी भएका बीमालेखहरू नविकरण बीमाशुल्क भुक्तानी गर्न छुटेका बीमितहरूले पुनर्जागरण नविकरण गरी विलम्व शुल्क १०० प्रतिशत छुट दिनेछ ।
उक्त शुल्कहरु अनलाईन कनेक्ट आइएपीएस, इसेवा, आइएमई पे र खल्तीबाट भुक्तानी गर्न सकिने जनाएको छ । यस्तो छुट सुविधा बीमा अवधिबरी एक पटक मात्रै प्रदान गरिने कम्पनीले जनाएको छ ।

























