काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

इजरायली जेटले इरानमा आक्रमण गरेर फर्कंदा जगेडा बम गाजामा खसालेको खुलासा

2.39K
shares

इरानमा आक्रमण मिसनमा संलग्न इजरायली युद्धक विमानले त्यहाँ प्रयोग नभएको र बाँकी रहेका बम तथा मिसाइल गाजामा खसालेपछि अवतरण गर्ने गरेको द टेलिग्राफले खुलासा गरेको छ ।

इरानमा आक्रमण अभियानको सुरुआती समयमा इजरायल फर्कने पाइलटले बाँकी रहेका हतियार (बम र मिसाइल) हमासविरुद्ध प्रयोग गर्न प्रस्ताव गरेका र आईडीएफ ग्राउन्ड कमान्डरबाट त्यो निर्णय स्वीकार गरिएको सैन्य स्रोतले पुष्टि गरेको द टेलिग्राफले जनाएको छ ।

प्रस्तावपश्चात् इजरायली वायुसेनाका कमान्डर मेजर जनरल टोमर बारले इरानमा आक्रमण गरेर बाँकी रहेका हतियारको व्यापक प्रयोग गर्न आदेश दिएका जनाइएको छ ।

त्यसपछि इरानमा आक्रमण गरेर फर्किएका इजरायली युद्धक विमानले त्यहाँ प्रयोग नभएको बम र मिसाइल गाजामा खसालेका थिए । विश्वको ध्यान इरानसँगको युद्धमा भएका बेला इजरायलले एक तीरबाट दुई सिकार गरेको जनाइएको छ ।

तर, सुरुआती केही आक्रमणबाहेक यस्ता सबै हमला उचित रूपमा योजनाबद्ध र वैधानिक लक्ष्यमा सञ्चालित नभएको जनाइएको छ ।