काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

नदीजन्य विपद् कम गर्न निकालियो दुई हजार ट्रिप माटो

2.86K
shares

काठमाडौं महानगरपालिकाले विगतको वर्षमा जस्तै नदीजन्य विपद् नहोस् भनेर नदी सफा गरी दुई हजार ट्रिप माटो निकालेको छ ।

कामपा वातावरण व्यवस्थापन विभागका अनुसार विगतको वर्षहरूमा जस्तै उपत्यकामा हुने गरेको नदीजन्य विपद्का घटनाहरू नहोस् भन्नका लागि नदी सफाइको काम गरेको हो ।

विभागका प्रमुख सरिता राईका अनुसार विष्णुमती, धोवीखोला, मनोहरा, टुकुचालगायत खोला सफा गरी माटो निकाल्ने काम भइसकेको छ ।

उक्त खोलाहरू सफा गर्ने क्रममा कामपाले दुई हजार ट्रिप माटो निकालेर चोभार र कीर्तिपुरमा व्यवस्थापन गरेको प्रमुख राईले जानकारी दिए ।

नदीमा माटो भरीनाले पनि धेरै जनधनको क्षेती गर्ने भएकाले कामपाले त्यसो नहोस् भनेर बैलैमा नदीमा भरीएको माटो निकाल्ने काम गरेको हो ।

माटोका कारण नदीको सतह भरीएका हुन्छन् जसका कारण बाढी आउँदा बाटो र बस्तीमा पसेर क्षती हुने गरेको छ त्यसो नहोस् भनेर नदी सफाइको काम गरिएको कामपाले जानकाएको छ ।