काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

प्रभु बैंकको पौने ३ लाख बढी कित्ता सेयर बिक्रीमा

3.19K
shares

प्रभु बैंकले २ लाख ७८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ ।

बैंकको संस्थापक समूहको २ लाख ७८ हजार २०६ कित्ता सेयर बिक्रीमा राखिएको हो। हाललाई यो सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिदका लागि निवेदन पेस गर्न सक्नेछन्।

सेयर खरिदका लागि काठमाडौंको बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन पेस गर्नुपर्नेछ। यसका लागि ३५ दिनको अवधि दिइएको छ।

तोकिएको अवधिभित्र संस्थापक सेयर धनीहरुबाट सेयर खरिदका लागि निवेदन प्राप्त नभएको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने बैंकले जनाएको छ।