काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

वीरगंजमा पनि दर्ता भयो रवि लामिछाने विरूद्द मुद्दा

1.79K
shares

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरूद्दमा पर्सामा पनि मुद्दा दर्ता भएको छ।

सहकारी ठगी प्रकरणमा सभापति लामिछानेसहित २९ जनाविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता भएको हो ।

वीरगंजको सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।

प्रहरीका अनुसार १ महिना अघि नै सरकारी वकिल कार्यालय, पर्सामा प्रतिवेदन बुझाएकोमा शुक्रबार अदालतमा मुद्दा दायर भएको अदालतका सूचना अधिकारी रामनरेश महतोले सञ्चारकर्मीसँग भने ।