गृहपृष्ठ गठबन्धनको वायु रक्षामा चार सय प्रतिशतले वृद्धि गर्न नाटो प्रमुखको आग्रह
गठबन्धनको वायु रक्षामा चार सय प्रतिशतले वृद्धि गर्न नाटो प्रमुखको आग्रह
नाटोका महासचिव मार्क रुटले सोमबार रुसको खतराको जवाफमा ट्रान्सअटलान्टिक गठबन्धनको हवाई र मिसाइल रक्षा क्षमतामा ‘चार सय प्रतिशत वृद्धि’ गर्न आग्रह गर्ने भएका थिए ।
“रुसले माथिबाट कसरी आतङ्क फैलाउँछ भन्नेबारे हामीले युक्रेनमा देखेका छौँ, त्यसैले हामी हाम्रो आकाशको सुरक्षा गर्ने ढाललाई बलियो बनाउनेछौँ”, एक विज्ञप्तिमा उद्धृत टिप्पणीअनुसार रुटले लन्डनको च्याथम हाउस थिङ्क–ट्याङ्कमा भाषणमा भन्ने भएका थिए ।
विश्वसनीय प्रतिरोध र रक्षा कायम राख्न उनले नाटोलाई ‘हवाई र क्षेप्यास्त्र रक्षामा चार सय प्रतिशत वृद्धि” आवश्यक छ भनी भने ।
उनका यी टिप्पणीहरू यस महिना नेदरल्यान्ड्समा हुने नाटो शिखर सम्मेलनभन्दा अगाडि आएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गठबन्धनका सदस्यहरूलाई उनीहरूको सैन्य बजेटमा ठूलो वृद्धिको घोषणा गर्न दबाब दिइरहेका छन ।
ट्रम्पले नाटो सदस्यहरूलाई हालको दुई प्रतिशतको लक्ष्यबाट बढाएर आफ्नो कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को पाँच प्रतिशतसम्म रक्षा खर्च बढाउन दबाब दिइरहेका छन ।
अमेरिकी रक्षामन्त्री पिट हेग्सेथले गत हप्ता ब्रसेल्समा सहयोगीहरू पाँच प्रतिशत लक्ष्यमा सम्झौताको नजिक रहेको र यसलाई हेगमा हुने शिखर सम्मेलनमा औपचारिक बनाउन सकिने बताएका थिए।
रुसले सन् २०२२ फेब्रुअरीमा युक्रेन विरुद्ध युद्ध सुरु गरेदेखि नाटो सदस्यहरूले आफ्ना रक्षा क्षमताहरू बलियो बनाउन हतार गरिरहेका छन् ।
“युक्रेनमा युद्ध समाप्त भए पनि खतरा हराउने छैन”, रुटले भने, “हामीलाई हाम्रो सामूहिक रक्षामा ठूलो छलाङ चाहिन्छ… हामीसँग हाम्रो रक्षा योजनाहरू पूर्ण रूपमा कार्यान्वयन गर्न थप बल र क्षमताहरू हुनुपर्छ । हाम्रा सेनाहरूलाई हजारौँ थप बख्तरबन्द सवारी साधन र ट्याङ्कहरू, लाखौँ थप तोपखानाहरू पनि चाहिन्छ ।”
रुटले अर्को हप्ता लन्डनको भ्रमण गर्दै छन । लन्डनमा उनले बेलायतको नयाँ रक्षा रणनीतिलाई स्वागत गर्ने अपेक्षा गरिएको छ ।
बेलायतले गत हप्ता युक्रेनमा रुसले गरेको आक्रमणको प्रतिक्रियामा देशलाई पुनःसज्जित गर्न १२ वटा आणवि–सञ्चालित आक्रमण पनडुब्बी र छ वटा हतियार कारखानाहरू निर्माण गर्ने योजना घोषणा गरेको थियो ।
प्रकाशित समय : १४:१३ बजे

















