गृहपृष्ठ हुन्डाई नेपालको ‘Festive Drive २०८३’ अफर सार्वजनिक
हुन्डाई नेपालको ‘Festive Drive २०८३’ अफर सार्वजनिक
काठमाडौं । नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ‘Hyundai Festive Drive २०८३’ अफर सार्वजनिक गरेको छ।
अफरअन्तर्गत ग्राहकले ३ लाख रुपैयाँसम्मको नगद छुट पाउनेछन्। त्यस्तै, स्क्र्याच कार्डमार्फत थप ५ लाख रुपैयाँसम्मको नगद छुट जित्ने अवसरसमेत उपलब्ध गराइएको कम्पनीले जनाएको छ।
गाडी खरिद गर्ने ग्राहकले १ वर्षको निःशुल्क Auto Plus Insurance र १ वर्षको निःशुल्क Road Tax सुविधा पनि पाउनेछन्।
हुन्डाईका गाडीमा ३ वर्षको वारेन्टी तथा ६ वर्षसम्म निःशुल्क सर्भिसिङ सुविधा उपलब्ध रहेको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार ‘Hyundai Festive Drive २०८३’ भदौ २३ गतेदेखि लागू भएको हो। ग्राहकले नजिकैको हुन्डाई शोरुममा पुगेर अफर तथा सुविधाबारे जानकारी लिन सक्नेछन्।
प्रकाशित समय : १६:३६ बजे

















