गृहपृष्ठ बाढीपहिरो प्रभावित ४ सय परिवारलाई ११ लाखको राहत सामग्री
बाढीपहिरो प्रभावित ४ सय परिवारलाई ११ लाखको राहत सामग्री
काठमाडौं । बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि करिब ११ लाख रुपैयाँ बराबरको राहत सामग्री सहयोग गरिएको छ।
Delhi Mahal Group, Sitaram Gokul Milks Pvt. Ltd. र Arya International Pvt. Ltd. को संयुक्त पहलमा संकलित राहत सामग्री करिब ४ सय प्रभावित परिवारका लागि उपलब्ध गराइएको हो।
राहत सामग्री काठमाडौंको बबरमहलस्थित जिल्ला प्रशासन कार्यालय परिसरबाट नुवाकोटतर्फ पठाइएको छ। उक्त सामग्री नुवाकोटको विदुर नगरपालिका–५ पिपलटार, विदुर नगरपालिका–१, त्रिशूली बजार तथा आसपासका बेत्रावती र रसुवाका बाढीपहिरो प्रभावित नागरिकलाई वितरण गरिने जनाइएको छ।
राहत सामग्री प्रस्थान कार्यक्रममा Delhi Mahal Group, Sitaram Gokul Milks Pvt. Ltd., Arya International Pvt. Ltd. तथा Puja Surti Udhyogका प्रतिनिधिहरूको उपस्थिति थियो।
विपद्का समयमा सरकार, निजी क्षेत्र र समुदायबीचको सहकार्यले प्रभावित नागरिकलाई तत्काल राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्ने भन्दै सम्बन्धित संस्थाहरूले आगामी दिनमा पनि मानवीय सहयोग तथा सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्।
प्रकाशित समय : १६:३२ बजे

















